खाँडाचक्रको लुवारेकोट : इतिहास, संस्कृति र पहिचानको केन्द्र रमेश सुनार मान्म, कालिकोट । खाँडाचक्र नगरपालिका–१ मान्ममा रहेको लुवारेकोटको इतिहासलाई लिएर स्थानीय स्तरमा पुनः बहस सुरु भएको छ। स्थानीय इतिहास र वंशावलीको आधार प्रस्तुत गर्दै लक्षिराम विकले सामाजिक सञ्जाल फेसबुकमार्फत लुवारेकोट कुनै ‘लभ पार्क’ नभई लुवार समुदायको ऐतिहासिक दरबार तथा[...]
कालिकोट, जेठ ३० — कालिकोटको पलाँता गाउँपालिकामा दुई दिने निःशुल्क एकीकृत विशेषज्ञ स्वास्थ्य सेवा शिविर सुरु भएको छ। स्वास्थ्य सेवा कार्यालय कालीकोटको आयोजना तथा गाउँपालिकाको समन्वयमा सञ्चालन भएको शिविरको उद्घाटन पलाँता–४ स्थित कालिका माध्यमिक विद्यालय, छलाँहामा गरिएको हो। शिविरको पहिलो दिन २३० जनाले विभिन्न स्वास्थ्य सेवा लिएका छन्। सेवाग्राहीमध्ये[...]
कालिकोट, जेठ २२ — कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका–४ मा रहेको श्री नैनेलदेव आधारभूत विद्यालयकी प्रधानाध्यापक दानकला शाही कर्णाली प्रदेशस्तरीय उत्कृष्ट शिक्षक पुरस्कार बाट सम्मानित हुनुभएको छ। कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत शिक्षा विकास निर्देशनालय, वीरेन्द्रनगर सुर्खेत द्वारा आयोजित “उत्कृष्ट शिक्षक पुरस्कार वितरण कार्यक्रम” मा उहाँलाई उत्कृष्ट शिक्षकका[...]