सामाजिक संजाल:

कर्णाली प्रदेश राष्ट्रिय सभा सदस्यमा रखाल र शाही निर्वाचित

माघ ११, २०८२

कालिकोट

कर्णाली प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेकपा एमालेका मिनासिंह रखाल र नेपाली कांग्रेसका ललिजङ शाही विजयी भएका छन्।
निर्वाचन परिणाम अनुसार एमालेका मिनासिंह रखालले खुला समूहबाट र कांग्रेसका ललिजङ शाहीले अन्य समूहबाट विजय हासिल गरेका हुन्। उनीहरूको जीतसँगै कर्णाली प्रदेशको राष्ट्रिय सभामा प्रतिनिधित्व सुनिश्चित भएको छ।