सामाजिक संजाल:

एमाले कालिकोटले प्रतिनिधि सभा सदस्यका लागि एमाले नेता शाही एकल शिफारिस

पुस २४, २०८२

कालिकोट – नेकपा एमाले कालिकोटले प्रतिनिधि सभा सदस्यका लागि नगिन्द शाही (नेशनल) लाई एकल शिफारिस गरेकाे छ ।एमाले जिल्ला सचिवालय काे बुधवार सदरमुकाम मान्ममा बसेकाे वैठकले यस अघि काठमाडौमा अवैध शिफारिश गरिएको भन्दै सर्वत्र बिराेध र आलोचना भएपछि वैठकमा जिल्ला कमिटी र सचिवालय काे वैठकले नगेन्द्र शाहि नेशनलकाे नाममा एकल सिफारिस  पठाउने निर्णय गरेकाे हाे ।

एमाले जिल्ला अध्यक्ष तुलाराज मल्ल, पुर्व केन्द्रीय सदस्य दक्षिणा शाही, जिल्ला सचिवालय , जिल्ला कमिटी सहितकाे बैठकले प्रतिनिधि सभा सदस्यकाे लागी एकल नाम पठाउन निर्णय गरेकाे हाे ।