सामाजिक संजाल:

चिनियाँ कम्पनीले मेलम्ची खानेपानीमा गुणस्तरहीन पाइप उपलब्ध गराएको प्रकृति पूजन निर्माण तथा सप्लायर्सको आरोप

अशोज १, २०८१

 प्रकृति पूजन निर्माण तथा सप्लायर्स प्रा.लि.का प्रमुख जनकराज घिमिरेले काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी वितरणको पेटी ठेक्कामा आफूलाई फसाइएको बताएका छन् । काठमाडौं उपत्यका खानेपानी आयोजना कार्यान्वय निर्देशनालयद्धारा ठेक्का प्रदान गरिएको आवश्यक सामग्रीहरुको आपूर्तिकर्ता चिनियाँ कम्पनी हुआशुई र त्यसको नेपाली साझेदार कन्काई जेभीले गुणस्तरहीन सामग्री दिँदा आफू अन्यायमा परेको बताएका हुन् ।

सुन्दरीजलदेखि १६०० मीटरसम्म पाइप विच्छाउने आशिक (पेटी) ठेक्का प्रकृति पूजन निर्माण तथा सप्लायर्सले पाएकोमा मुख्य ठेकेदार कम्पनीले दिएको पाइप गुणस्तरहीन हुँदा आफू अन्यायमा परेको प्रकृति पूजनका प्रमुख घिमिरेले बताए ।

‘खाल्डोमा पाइप हालरेर पुरेपछि माटोको लोड र माथिबाट हिँड्ने मेशिनको दवालले २५ एमएमदेखि ४० एमएमसम्म चेप्टो भाग अण्डाकारमा भास्सिई विनाश हुँदो रहेछ । यसबाट उक्त पाइपको भार (दवाव) वहन क्षमता नै कमजोर रहेकोमा कुनै विवाद रहेन । सोमध्ये ३७५ मीटर खण्डमा पहिल्यै विदुर भन्ने ठेकेदारले पाइप हालेकोमा प्रेसर लिकेज भई असफल भएको रहेछ । सुन्दरीजलबाट वागमती छेउसम्म ३५० मीटरमा १८०० डीएम प्रकृति पूजन निर्माण तथा सप्लायर्सले पाइप विच्छाएकोमा त्यहाँ पनि प्रेसर लिकेज देखिन गयो,’– प्रकृति पूजन निर्माण तथा सप्लायर्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

त्यसपछि पेटी ठेक्का प्रदायकसँगको सल्लाह र सहमतीमा सो कैफियत सच्याउन (पुनःनिर्माण गर्न) प्रकृति पूजन निर्माण तथा सप्लायर्स ले सम्पूर्ण काम दोहोरो हुनेगरी लेबर खर्च, पुनः खन्दा र पाइप काटेर जोड्दा लागेको कुनै पनि रकम शोधभर्ना नदिइएको बताइएको छ । मुख्य ठेकेदार कम्पनीले सोधभर्ना नदिई उल्टै विभिन्न मुद्दामा फसाइदिने धम्की दिइरहेको प्रकृति पूजन निर्माण तथा सप्लायर्सले बताएको छ । आफूले काम गरेको डेढ करोडभन्दा बढी रकम भुक्तानी रोकिएको घिमिरेले बताए ।