सामाजिक संजाल:

पराजित भए पनि जनतामाझ पुगे नगेन्द्र शाही नेशनल

फाल्गुन २४, २०८२


कालीकोट।
खाडाचक्र नगरपालिका–६ का आदरणीय मतदाता तथा समर्थकलाई धन्यवाद व्यक्त गर्दै नेकपा (एमाले) का नेता नगेन्द्र शाही ‘नेशनल’ले पराजयपछि पनि जनतामाझ पुगेर भेटघाट कार्यक्रमलाई निरन्तरता दिएका छन्।
भेटघाटका क्रममा शाहीले निर्वाचनमा आफूलाई साथ, समर्थन र विश्वास दिने सम्पूर्ण मतदाता तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्। उनले परिणाम जे आए पनि जनताको विश्वास र माया नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको बताए।
“निर्वाचनमा पराजित भए पनि म जनताबाट टाढा हुने छैन। तपाईंहरूको साथ, सुझाव र भरोसाले मलाई अझ जिम्मेवार बनाएको छ,” शाहीले भने।
उनले आगामी दिनमा पनि जनताको सेवा र विकासका काममा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दै खाडाचक्र–६ का बासिन्दासँग संवाद तथा भेटघाटलाई अघि बढाइरहेको बताएका छन्।