सामाजिक संजाल:

शुभकालिका गाउँकमिटीको कार्यक्रममा मधु प्रसाद आचार्य नेकपा एमालेमा प्रवेश

माघ १८, २०८२

कालिकोट शुभकालिका गाउँपालिका नेकपा एमाले गाउँकमिटीको आयोजनामा सम्पन्न कार्यक्रममा पूर्व शिक्षक तथा एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला सदस्य मधु प्रसाद आचार्य नेकपा एमालेमा प्रवेश गर्नुभएको छ।
कार्यक्रमका सभाध्यक्ष जनक सेजुवाल कार्यक्रमका प्रमुख अतिथि निर्वाचन परिचालन कमिटी संयोजक तथा गाउँकमिटी इन्चार्ज कृष्ण प्रसाद आचार्य रहनुभएको थियो। कार्यक्रममा जिल्ला पार्टी सचिव पुष्पराज आचार्य, पूर्व प्रदेश कमिटी सदस्य भरतराज धिताल, पूर्व प्रदेश कमिटी सदस्य हिरे सुनार लगायतका नेताहरूको विशेष सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कृष्ण प्रसाद आचार्यले नेकपा एमाले जनताको भरोसाको पार्टी भएको उल्लेख गर्दै विकास, सुशासन र समृद्धिको यात्रामा सबैलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नुभयो। जिल्ला सचिव पुष्पराज आचार्यले पार्टी संगठनलाई अझ मजबुत बनाउँदै आगामी निर्वाचनमा विजयी गराउन सबै कार्यकर्ताले जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्ने बताउनुभयो।
पार्टी प्रवेश गर्नुभएका मधु प्रसाद आचार्यले नेकपा एमालेको नीति, विचार र नेतृत्वबाट प्रभावित भएर पार्टी प्रवेश गरेको बताउँदै पार्टीले दिएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा उपस्थित अतिथिहरूले नवप्रवेशी सदस्यलाई स्वागत गर्दै शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा गाउँकमिटीका पदाधिकारी, कार्यकर्ता तथा स्थानीय जनसमुदायको उल्लेखनीय सहभागिता रहेको कार्यक्रम संचालक प्रेस चाैतारि नेपाल कर्णालि प्रदेश सदस्य किरण अधिकारी ले बताए ।