सामाजिक संजाल:

शाहीको लर्कियो सारी सार्वजनिक (भिडियो सहित)

साउन १९, २०८१


भरत शाहीको तीज गीत “लर्कियो सारी” सार्वजनिक भएको छ । भरत शाहीको शब्दमा रहेको तीज गीतमा रचना रिमालको स्वर छ भने कविराज गिरीको लय रहेको छ ।
अवी वाग्लेको निर्देशन रहेको लर्कियो सारीमा सुरेश डेओल, प्रिन्सिका श्रेष्ठ, बविना परियार, अनु राना मगर र उत्तम शर्माको नृत्य रहेको छ । उत्सव दाहालको छायांकन गरेको म्युजिक भिडियोमा वावु सेन्चुरीको नृत्य निर्देशन गरेका छन् भने विकास ज्ञवालीले सम्पादन गरेका छन् ।
म्युजिक भिडियोमा हिन्दु नारीहरुमा तीज आएसँगै हुने उत्साह र उमंगलाई देखाइएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।