प्राकृतिक विपत्तिबाट कोशी प्रदेशमा गत आर्थिक वर्षमा ७७ जनाको मृत्यु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीबाट मृत्यु हुनेको सङ्ख्या सबैभन्दा बढी छ ।
प्रदेशका विभिन्न १ सय १७ स्थानमा बाढीमा परी २२ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका कोशी प्रदेश प्रहरी प्रवक्ता भीमबहादुर दाहालले जानकारी दिए । यस्तै, कोशीका विभिन्न १ हजार सात सय ३१ स्थानमा भएका आगलागीका घटनामा २० जनाले ज्यान गुमाएका र १ सय ३४ जना घाइते भए ।
प्रवक्ता दाहालका अनुसार जङ्गली जनावरको आक्रमणबाट १३ जनाको मृत्यु भएको तथा ५७ जना घाइते भएका, चट्याङ लागेर १३ जनाले ज्यान गुमाएका तथा ३६ जना घाइते भएका थिए । यस्तै, चार सय ९६ स्थानमा पहिरो खस्दा नौजना पुरिएका र २० जना घाइते भएका छन् ।