सामाजिक संजाल:

बिनिता चौलागाईं गाउँपालिकाभर पहिलो, नैनेलदेव विद्यालय अग्रस्थानमा

चैत्र २६, २०८२

कालिकोट — शुभकालिका गाउँपालिकाद्वारा सञ्चालन गरिएको कक्षा ८ को आधारभूत तह परीक्षा (बीएलई) मा चौलागाईवाडा स्थित नैनेलदेव आधारभूत विद्यालयले उत्कृष्ट नतिजा हासिल गर्दै प्रथम स्थान प्राप्त गरेको छ।
विद्यालयका प्रधानाध्यापक दानकला शाहीका अनुसार नैनेलदेव आधारभूत विद्यालयले औसत ३.५९ जीपीए प्राप्त गर्दै संस्थागत विद्यालयतर्फ पहिलो स्थान हासिल गरेको हो।
विद्यालयबाट यस वर्ष २८ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए। जसमध्ये बिनिता चौलागाईंले ३.५९ जीपीए ल्याउँदै गाउँपालिकाभर प्रथम बनेकी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलराज चौलागाईं (आकाश) ले जानकारी दिएका छन्।
यस नतिजासँगै विद्यालयले उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेको भन्दै शिक्षक, विद्यार्थी र अभिभावकहरूमा खुसी छाएको छ।