सामाजिक संजाल:

सर्वसम्मत अध्यक्षमा मानव बम निर्वाचित

साउन १८, २०८३

रमेश कुमार साेनि,कालिकोट
सुर्खेत, साउन १९ — निर्माण व्यवसायी महासंघ कर्णाली प्रदेशको तेस्रो अधिवेशनबाट मानव बम सर्वसम्मत रूपमा अध्यक्ष निर्वाचित भएका छन्।
निर्वाचनपछि अध्यक्ष बमले आफूलाई विश्वास गरेर जिम्मेवारी दिएकोमा सम्पूर्ण निर्माण व्यवसायीप्रति आभार व्यक्त गर्दै व्यवसायीहरूको हक–हित संरक्षण, संस्थागत सुदृढीकरण, समयमै भुक्तानीको सुनिश्चितता तथा सार्वजनिक खरिद प्रणालीमा सुधारका लागि प्रतिबद्ध भएर काम गर्ने बताए।
उनले कर्णालीका सबै जिल्लाका निर्माण व्यवसायीलाई एकताबद्ध गर्दै महासंघलाई अझ प्रभावकारी र व्यवसायीमैत्री संस्था बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।