कालिकोट — कालिकोट जिल्लाको सदरमुकाम मान्म बजारस्थित लोटस विकास एकेडेमीले विद्यालय बस सेवा सञ्चालनमा ल्याएको छ। विद्यार्थीहरूलाई सुरक्षित र सहज आवतजावतको सुविधा उपलब्ध गराउने उद्देश्यले विद्यालयले बस सेवा सुरु गरेको हो।
करिब ४३ लाख ७५ हजार रुपैयाँको लगानीमा खरिद गरिएको बसलाई शुक्रबार विधिवत् पूजा–पाठ गरी विद्यालयमा स्वागत गरिएको छ। बस सेवा सुरु भएसँगै आसपासका क्षेत्रका विद्यार्थीहरूलाई विद्यालय आउन–जान सहज हुने अपेक्षा गरिएको विद्यालयका प्रिन्सिपल सन्ताेस पाैडेलले बताए
।
२०८० सालमा करिब १०० जना विद्यार्थीबाट सञ्चालनमा आएको लोटस विकास एकेडेमीमा हाल करिब ३१० जना विद्यार्थी अध्ययनरत रहेका छन्। विद्यालयका प्रिन्सिपल सन्तोष पौडेलका अनुसार छोटो समयमै विद्यार्थी संख्या बढ्दै गएको र शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयले विभिन्न सुविधा थप्दै आएको छ।
बस सेवा सुरु भएसँगै विद्यार्थीहरूको उपस्थितिमा सुधार आउने र अभिभावकहरूलाई समेत सहज हुने विश्वास विद्यालय प्रशासनले लिएको छ।