सामाजिक संजाल:

कालिकोटमा युवतीको शंकास्पद मृत्यु, श्रीमान् नियन्त्रणमा

चैत्र १६, २०८२

कालिकोट — नरहरिनाथ गाउँपालिका–३ कुमालगाउँकी २७ वर्षीया मानपुरा बुढाको शंकास्पद मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख हिम बहादुर खत्रीका अनुसार मृतकको टाउकोमा गम्भीर चोट देखिएकाले मृत्यु स्वाभाविक नभई शंकास्पद देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीले घटनामा संलग्न हुन सक्ने आशंकामा मृतकका श्रीमान् कासिराम बुढालाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको बताए ।
प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्का उठाउने र प्रमाण संकलन गर्ने काम गरिरहेको छ। शवलाई माइती पक्ष आएपछि पोस्टमार्टमका लागि पठाइने तयारी गरिएको प्रहरीले बताएको छ।
स्थानीयका अनुसार श्रीमान्–श्रीमतीबीच केही समयदेखि पारिवारिक विवाद हुँदै आएको अनुमान गरिएको छ, तर यसको आधिकारिक पुष्टि भइसकेको छैन।
प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान तीव्र बनाएको जनाएको छ।