सामाजिक संजाल:

नेमकिपाका पूर्व वडा अध्यक्ष बोहोरा एमालेमा प्रवेश

फाल्गुन २७, २०८२


कालिकोट — तिलागुफा नगरपालिका वडा नं. २ का निवर्तमान वडा अध्यक्ष दलसुर बोहोरा नेकपा एमालेमा प्रवेश गरेका छन्। २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाल मजदुर किसान पार्टीबाट निर्वाचित भएका बोहोरालाई एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य कुर्मराज शाही र कर्णाली प्रदेश कमिटी सदस्य तथा तिलागुफा नगर उपप्रमुख महेन्द्रबहादुर शाहीले अबिर–खादा लगाई पार्टीमा स्वागत गरेका हुन्।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै बोहोराले एमालेको नीति, सिद्धान्त र राष्ट्रप्रतिको दृष्टिकोणबाट प्रभावित भएर पार्टीमा समाहित भएको बताए। उनले कालिकोटमा एमाले संगठन सुदृढ बनाउन सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा एमाले तिलागुफा नगर कमिटी अध्यक्ष बिर्ख सुनार, अनेरास्वियु नेता धर्म शाही एमाले प्रदेश कमिटी सदस्य कमल कुमार शाहि जिल्ला कमिटी सदस्य खडानन्द चाैलागाई लगाएत नेता–कार्यकर्ताको सहभागिता रहेको थियो।