सामाजिक संजाल:

पूर्णचन्द्र काफ्ले लेखापालमा बढुवा

फाल्गुन ७, २०८२

कालिकोट — कोष तथा लेखा नियन्त्रक कार्यालय, कालिकोट अन्तर्गतको बढुवा समितिले पूर्णचन्द्र काफ्लेलाई लेखापाल पदमा बढुवा सिफारिस गरेको छ।
महालेखा नियन्त्रक कार्यालय तथा बढुवा समितिको सचिवालय, कालिकोटले प्रकाशित गरेको बढुवा सम्बन्धी सूचनाअनुसार लोक सेवा आयोगको बढुवा सूचना नं. २५/०८२–८३ (कार्य क्षमताको मूल्याङ्कन) अनुसार नेपाल प्रशासन सेवा, लेखा समूह, राजपत्र अनङ्कित प्रथम श्रेणी लेखापाल पदमा बढुवा सिफारिस गरिएको हो।हाल खाँडाचक्र नगरपालिका, कालिकोटमा कार्यरत काफ्लेलाई कोष तथा लेखा नियन्त्रक कार्यालय, कालिकोटमा पदस्थापनका लागि सिफारिस गरिएको सूचनामा उल्लेख छ।
निजामती सेवा ऐन, २०४९ (संशोधन सहित) को दफा २०(५)(क) र २४(घ) बमोजिम बढुवा प्रक्रिया पूरा गरी सिफारिस गरिएको कार्यालयले जनाएको छ।