सामाजिक संजाल:

भुपेन्द्रजंग शाहीसहित कांग्रेस नेताहरूको रास्कोटमा चुनावी सम्बोधन

फाल्गुन ५, २०८२

रास्कोट — नेपाली कांग्रेसको आयोजनामा रास्कोटमा चुनावी कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा कांग्रेसका केन्द्रीय नेता भुपेन्द्रजंग शाही, समानुपातिक उम्मेदवार काली बहादुर सहकारी, कर्णाली प्रदेश प्रबक्ता दमन बहादुर शाहि , क्षेत्रीय सभापति अम्ब बहादुर शाही, तथा उम्मेदवार हर्ष बहादुर बम लगायतका नेताहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा उपस्थित नेता तथा कार्यकर्ताहरूलाई स्थानीयस्तरबाट हार्दिक स्वागत गरिएको थियो। चुनावी सभालाई सम्बोधन गर्दै नेता भुपेन्द्रजंग शाहीले लोकतन्त्र, संविधानको रक्षा तथा विकासका लागि कांग्रेसलाई विजयी गराउन आवश्यक रहेको बताए। उनले रास्कोट क्षेत्रको विकासका लागि कांग्रेसका उम्मेदवारहरूलाई समर्थन गर्न मतदातासँग आग्रह गरे।
साथै, उम्मेदवार हर्ष बहादुर बम र प्रबक्ता दमन बहादुर शाहिले जनताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै रुख चिन्हमा मतदान गर्न अपिल गरेका थिए।