सामाजिक संजाल:

प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै मुक्ति समाज नेपालको अपिल

फाल्गुन ४, २०८२

कालिकोट । मुक्ति समाज नेपाल जिल्ला समिति कालिकोटले प्रतिनिधि सभा निर्वाचन २०८२ लाई लक्षित गर्दै दलित तथा उत्पीडित समुदायलाई मतदान प्रक्रियामा सक्रिय सहभागिता जनाउन अपिल गरेको छ।
संस्थाका अध्यक्ष रमेश नेपालीद्वारा जारी विज्ञप्तिमा कालिकोट जिल्लाबाट प्रत्यक्षतर्फका उम्मेदवार नगेंद्र शाही (नेशनल) तथा समानुपातिकतर्फका उम्मेदवार दुर्गा बहादुर शाही र यसुदा बराललाई सूर्य चिन्हमा मतदान गर्न आग्रह गरिएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा निर्वाचनलाई प्रभावकारी बनाउन मुक्ति समाज नेपाल कालिकोटका सम्पूर्ण पदाधिकारी, सचिवालय सदस्य तथा वडा र पालिका कमिटीका सदस्यहरूलाई आ–आफ्नो क्षेत्रमा सक्रिय भएर निर्वाचन परिचालन समितिसँग समन्वय गरी काम गर्न अनुरोध गरिएको अध्यक्ष नेपालिले बताए ।
मुक्ति समाज नेपाल कालिकोटले जिल्लाको समग्र विकास र दलित समुदायको राजनीतिक सहभागिता सुदृढ गर्न मतदानलाई महत्वपूर्ण माध्यमका रूपमा उल्लेख गरेको छ। साथै, “भरोसा कालिकोटको, संकल्प समृद्धिको” र “समृद्ध नेपाल, सुखी नेपाली” भन्ने नारासहित मतदातालाई लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन आह्वान गरिएको छ।
विज्ञप्तिमा मुक्ति समाज नेपाल कालिकोटका अध्यक्ष रमेश नेपालीको हस्ताक्षर रहेको छ।