सामाजिक संजाल:

शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राख्दै शाही

माघ १७, २०८२


कालिकोट
नेकपा एमालेका नेता नगेन्द्र शाही नेशनलले गाउँ केन्द्रित विकास अभियानलाई तीव्रता दिएका छन्। “सात ‘स’ को नारा” सहित सडक, स्वास्थ्य, शिक्षा, स्वरोजगार, सुशासन, संस्कृति संरक्षण र प्रविधि विकासलाई प्रमुख एजेन्डा बनाएर शाहि जनतामाझ तिलागुफा नगरपालिका पुगेका हुन्।
शाहीले सिप विकासमार्फत स्वरोजगार सिर्जना, सहकार्य र समन्वयबाट दिगो विकास तथा पारदर्शी शासन प्रणाली निर्माणमा जोड दिएका छन्। उनका अनुसार सक्षम जनशक्ति र समावेशी विकास नै समृद्ध समाजको आधार हो।
गाउँ–गाउँमा पुगेर जनताको सुझाव संकलन गर्दै स्थानीय आवश्यकतामा आधारित योजना कार्यान्वयन गरिने शाहीले बताए।