
कालिकोटमा नेकपा एमाले रास्कोट नगर कमिटीको बैठक वडा स्तरीय चुनावी परिचालन समिति गठन गर्दै सम्पन्न भएको छ। बैठकका सभाध्यक्ष रास्कोट नगर कमिटी अध्यक्ष काली बहादुर शाही कार्यक्रममा विशेष अतिथि तथा चुनावी परिचालन कमिटी संयोजक दयाराम सिम्खाडाले निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई मजबुत बनाउने र जनतासँग प्रत्यक्ष सम्पर्क विस्तार गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले सबै नेता तथा कार्यकर्तालाई जिम्मेवारीपूर्वक चुनावी अभियानमा सक्रिय हुन आग्रह गर्नुभयो।
त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि रास्कोट नगर कमिटी इन्चार्ज तथा कर्णाली प्रदेश सदस्य लक्ष्मण बहादुर बमले एकता, अनुशासन र प्रभावकारी परिचालनका माध्यमबाट निर्वाचनमा पार्टीलाई विजयी बनाउने लक्ष्यसहित अघि बढ्नुपर्ने बताउनुभयो। उहाँले वडा स्तरसम्म संगठन विस्तार गरी जनताको विश्वास जित्ने गरी काम गर्न निर्देशन दिनुभयो।
बैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै प्रत्येक वडामा चुनावी परिचालन समिति गठन गरी प्रचार–प्रसार, जनसम्पर्क तथा संगठन परिचालनलाई तीव्र बनाउने निर्णय गरेको प्रेस चाैतारि नेपाल कालिकोटका निर्बतमान अध्यक्ष विश्वनाथ सिम्खाडाले बताए ।