सामाजिक संजाल:

नेकपा एमाले कालिकोटको नवौं जिल्ला कमिटी बैठकका मुख्य निर्णय सार्वजनिक

माघ १५, २०८२

कालिकोट — नेकपा एमाले कालिकोटको नवौं जिल्ला कमिटी बैठकले निर्वाचन केन्द्रित महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकले पार्टी केन्द्रीय सदस्य तथा जिल्ला संयोजक क. नगेन्द्र शाही ‘नेशनल’को संयोजकत्वमा २७ सदस्यीय मूल निर्वाचन परिचालन कमिटी गठन गरेको छ।
यस्तै, पार्टी केन्द्रीय सल्लाहकार क. कुर्मराज शाहीको संयोजकत्वमा प्रदेश सभा ‘क’ निर्वाचन परिचालन कमिटी र क. धिरबहादुर बमको नेतृत्वमा प्रदेश सभा ‘ख’ निर्वाचन परिचालन कमिटी गठन गरिएको छ।
बैठकले पालिकास्तरमा पनि निर्वाचन परिचालन कमिटी गठन गरेको छ। जसअनुसार
क. कृष्णप्रसाद आचार्यको संयोजकत्वमा १५१ सदस्यीय शुभकालिका निर्वाचन परिचालन कमिटी,
क. पंखबहादुर मल्लको संयोजकत्वमा १५१ सदस्यीय खाँडाचक्र निर्वाचन परिचालन कमिटी,
क. दयाराम सिम्खडाको संयोजकत्वमा १०१ सदस्यीय रास्कोट निर्वाचन परिचालन कमिटी,
क. सीता शाहीको नेतृत्वमा १०१ सदस्यीय तिलागुफा निर्वाचन परिचालन कमिटी,
क. पार्वती सिंहको नेतृत्वमा १०१ सदस्यीय सान्नी त्रिवेणी निर्वाचन परिचालन कमिटी,
क. राजेश बिकको नेतृत्वमा १०१ सदस्यीय पाताला निर्वाचन परिचालन कमिटी,
क. अलि बहादुर शाहीको नेतृत्वमा १०१ सदस्यीय पचालझरना निर्वाचन परिचालन कमिटी,
क. टेकबहादुर बोगटीको नेतृत्वमा १०१ सदस्यीय नरहरिनाथ निर्वाचन परिचालन कमिटी तथा
क. मनराज शाहीको नेतृत्वमा १०१ सदस्यीय महाबै निर्वाचन परिचालन कमिटी गठन गरिएको छ।
बैठकले सबै पालिकामा माघ १७ र १८ गते विस्तारित बैठक आयोजना गर्ने निर्णय पनि गरेको भएको छ।
त्यसैगरी, बैठकले एमाले र प्रलोपा बीच केन्द्रमा भएको सहमतिलाई स्वागत गर्दै उक्त निर्णय कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको जिल्ला सचिव पुष्पराज आचार्यले बताए ।