सामाजिक संजाल:

नेकपा एमाले तिलागुफा नगर इन्चार्जमा सीता कुमारी शाही चयन

माघ १४, २०८२

कालिकोट जिल्लाको तिलागुफा नगरपालिकामा नेकपा एमालेले सीता कुमारी शाहीलाई नगर इन्चार्जको जिम्मेवारी दिएको छ। कर्णाली प्रदेश कमिटीको निर्णय अनुसार शाहीलाई पार्टी संगठन सुदृढीकरण तथा आगामी निर्वाचनलाई लक्षित गर्दै उक्त जिम्मेवारी प्रदान गरिएको हो।
पार्टीले संगठन विस्तार, कार्यकर्ता परिचालन र जनसम्पर्क अभियानलाई प्रभावकारी बनाउने विश्वासका साथ शाहीलाई नगर इन्चार्जको जिम्मेवारी दिएको पाटि सचिव पुष्पराज आचार्यले बताए । यस निर्णयसँगै तिलागुफा नगरपालिकामा एमालेको गतिविधि थप सक्रिय हुने भएको छ