सामाजिक संजाल:

शुभकालिका एमालेले तोक्यो चुनावी कमाण्डर कृष्णप्रसाद आचार्य संयोजक, खडानन्द चौलागाईं सह–संयोजक

माघ १४, २०८२

 

कालिकोट — आगामी निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले शुभकालिका गाउँपालिकाले चुनावी कमाण्डर गठन गरेको छ। गाउँपालिका कमिटीको निर्णयअनुसार संयोजकमा कृष्णप्रसाद आचार्य र सह–संयोजकमा खडानन्द चौलागाईं चयन भएका छन्।
निर्वाचनलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन ११५ सदस्यीय चुनावी कमाण्डर समिति सह संयाेजक खडानन्द चाैलागाईले बताए । समितिले घरदैलो अभियान, मतदाता भेटघाट, प्रचार–प्रसार तथा संगठन परिचालनका कार्यक्रमलाई तीव्रता दिने बताइएको छ।
पार्टी नेतृत्वका अनुसार गठित समितिले गाउँपालिका भित्रका सबै वडामा संगठन सुदृढ गर्दै नेकपा एमालेको पक्षमा जनसमर्थन जुटाउने काम गर्नेछ। निर्वाचनमा पार्टीलाई विजयी बनाउने उद्देश्यसहित कमाण्डर समितिले जिम्मेवारीपूर्वक काम गर्ने विश्वास व्यक्त गरिएको छ।