सामाजिक संजाल:

जन्मस्थल  शिवनाथ थानमा दर्शन गर्दै नगेन्द्र शाहीसहित एमाले नेताहरू

माघ ११, २०८२

कालिकोट — प्रतिनिधि सभा उम्मेदवार नगेन्द्र शाही, जिल्ला पार्टी अध्यक्ष तुलराज मल्ल तथा पूर्व कृषि मन्त्री कुर्मराज शाही पुर्ब मेयर जसि प्रशाद पाण्डे सहित नेकपा एमालेका नेताहरूले आज  शिवनाथ थानमा दर्शन गर्दै मतदातासँग भोट मागेका छन्।
दर्शनपश्चात आयोजित छोटो भेटघाट कार्यक्रममा उम्मेदवार नगेन्द्र शाहीले धर्म, संस्कृति र जनताको भावनाको सम्मान गर्दै विकास र सुशासनका लागि आफू प्रतिबद्ध रहेको बताए।
शाहिले भने, “जनताको आस्था केन्द्र शिवनाथ थानबाट आशिर्वाद लिएर समृद्ध कालिकोट निर्माणका लागि घरदैलो अभियान सुरु गरेका हौँ। जनताको विश्वास नै हाम्रो शक्ति हो।”
जिल्ला पार्टी अध्यक्ष तुलराज मल्लले एमाले जनताको पार्टी भएकाले जनताको समस्या समाधान गर्न निरन्तर मैदानमै रहने बताए।
कालिकोटको विकासका लागि एकजुट भएर अघि बढ्नु आजको आवश्यकता हो।”
पूर्व कृषि मन्त्री कुर्मराज शाहीले कृषि, रोजगारी र युवाको भविष्य सुरक्षित बनाउने नीति एमालेको प्राथमिकतामा रहेको उल्लेख गर्दै जनतालाई परिवर्तनका लागि सहयोग गर्न आग्रह गरे।
स्थानीय नागरिकहरूसँग प्रत्यक्ष भेटघाट गर्दै नेताहरूले विकास, शिक्षा, स्वास्थ्य र सडक पूर्वाधारलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

शिव मन्दिरमा दर्शनपछि बोल्दै नेकपा एमाले रास्कोट नगर इन्चार्ज लक्ष्मण बहादुर बमले धर्म, संस्कृति र जनताको आस्थालाई सम्मान गर्दै विकासको यात्रामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
बमले भने,
“शिव मन्दिर जस्ता धार्मिक तथा सांस्कृतिक धरोहर हाम्रो पहिचान हुन्। यहाँबाट आशिर्वाद लिएर रास्कोट र समग्र कालिकोटको विकासका लागि जनताको बीचमा जान आएका छौँ। जनताको विश्वास र साथ नै हाम्रो सबैभन्दा ठूलो शक्ति भएको इन्चार्ज बमले बताए ।