सामाजिक संजाल:

नेकपा एमाले कालिकोटको चुनावि अभियान रास्काेट देखि सुरु

माघ ८, २०८२

नेकपा एमाले कालिकोटको चुनावि अभियान सुरु भयको छ । फागुन २१ गते हुने प्रतिनिधि शभा निर्वाचन २०८२ मा नेकपा एमाले कालिकोट लाई बिजयि गर्न पहिलो अभियान टोलि नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका नगेन्द्र शाहि नेश्नलको गृह पालिका प्रस्थान भयको छ ।

नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य तथा रास्कोट नगरकमिटि ईन्चार्ज लक्ष्मण बहादुर बम,नेकपा एमाले जिल्ला कमिटि कालिकोट उपसचिव पवित्र कुमार शाही,प्रेस चैतारी कालिकोट जिल्ला अध्यक्ष रमेस सुनार र प्रदेशकमिटि सदस्य किरण अधिकारी सहितको टोलि बिहिवार रास्कोट नगर पालिकाको लागि प्रस्थान भयको हो ।

अभियान टोलि लाई जिल्ला पार्टि कार्यलयबाट शुभकामना सहित बिदाई गर्दै नेकपा एमाले कालिकोट जिल्ला कमिटि अध्यक्ष तुलाराज मल्ल ले मतदाताको सुक्ष्म अध्यन ,जिल्ला मा बिकासको आवस्यकता विश्लेषण,मतदाता सर्वेक्षण र भुगोलको मनोस्थिती बुझेर नेकपा एमालेका उम्मेद्ववार नगेन्द्र शाही नेश्नल लाई निर्वाचित बनाउन महत्वपुण भुमिका खेल्न निर्देशन सहित शुभकामना दियका थिय ।

अभियान टोलिले पहिलो चरण जिल्लाका रास्कोट नगरपालिका,पलाता गाउपालिका र पचालझरना गाउपालिकाको बस्तुगत स्थिती अवलोकन गरेर पार्टिलाई आगामि रणनिति बनाउन सुझाव प्रस्तुत गर्ने छ ।