
कालिकाेट । नेकपा एमाले कालिकाेटले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि चयन गरेको छ । साे पार्टीले आइतबार ९ जना नेतालाई महाधिवेशन प्रतिनिधिका लागि सर्वसम्मत रूपमा निर्विरोध निर्वाचित गरेको हो ।
कालिकाेटबाट ४ जना खुल्ला, महिला तर्फबाट २ जना, युवाबाट १ र दलित तर्फबाट २ जना निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचित हुनेमा खुल्लातर्फबाट जिल्ला अध्यक्षा तुलाराज मल्ल, नेता कुर्मराज शाही, तपेन्द्रजंग शाही,दयाराम सिम्खाडा रहेका छन् ।
महिलातर्फबाट जलसा बुढा सुभद्रा सिह, युवा तर्फबाट टेकबहादुर बाेगटी, उत्पीडित दलित तर्फबाट ब्यासी तिरुवा र गाेमा सार्की महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।