कालिकोट —कालिकोटको ताडिस्थित रेडियो तिला आवाजका संचालक तथा प्रेस सेन्टर कालिकोटका अध्यक्ष वीरेन्द्र आचार्यको दुर्घटनामा परी मृत्यु भएको छ ।
कालिकोटको शुभकालिका-६ हाउडी घर भएका ३४ वर्षीय आचार्य सवार लुम्बिनी ३६ प ३८८६ नम्बरको स्कुटीलाई सुर्खेतको वीरेन्द्रनगर-२ वडा कार्यालय अगाडि कर्णाली प्रदेश ०२००३ प १७४४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक २३ वर्षीय यामबहादुर शाहीले ठक्कर दिँदा गम्भीर घाइते भएका आचार्यको उपचारको क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो ।