सामाजिक संजाल:

निःशुल्क आँखा शिविरबाट ८ सयभन्दा बढी लाभान्वित जनताको घरदैलो मा स्थानीय सरकार

कार्तिक २२, २०८२

 

कालिकोट — रास्कोट नगरपालिका र नेपाल नेत्रज्योति संघ तथा हिमालय आँखा अस्पताल, घारिपाटन पोखराको संयुक्त आयोजनामा प्रादेशिक रणनीतिक अस्पताल रास्कोटमा सञ्चालन भएको निःशुल्क आँखा शिविरबाट ८ सयभन्दा बढी सेवाग्राही लाभान्वित भएका छन्।

शिविरमार्फत ४ सय ३३ जना महिला र ३ सय ७६ जना पुरुष गरी कुल ८ सय ९ जनाले सेवा लिएका छन्। तीमध्ये ८५ जनाको सफल शल्यक्रिया गरिएको अस्पताल व्यवस्थापक डा. कौशल न्यौपानेले जानकारी दिनुभयाे ।


२०८२ कात्तिक २२ गतेसम्म सञ्चालन भएको शिविरमा आँखा जाँच, औषधि वितरण, परामर्शदेखि शल्यक्रियासम्मका सेवा निःशुल्क प्रदान गरिएको अस्पताल स्रोतले जनाएको छ। आँखासम्बन्धी समस्या भएका रास्काेट नगरपालिका तथा छिमेकी पालिकाका नागरिकलाई सहज र पहुँचयोग्य सेवा उपलब्ध गराउने हेतुले नेपाल नेत्रज्योति संघ र हिमालय आँखा अस्पताल, घारिपाटन पोखराको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको स्वास्थ्य कर्मि जनकरान न्याउपानेले बताए ।