कालिकोट महिला अधिकारकर्मी र नागरिक समाजका प्रतिनिधिहरुका लागि सामाजिक जवाफदेहीता सम्बन्धि दुई दिने तालिम एक कार्यक्रमका बिच मान्ममा सुरु गरिएकाे छ । महिला पुनस्थापना केन्द्र (ओरेक)नेपाल कालिकोटकाे आयाेजना UNWOMEN आर्थिक सहयोग ,शुभकाकालिका गाउँपालिकाकाे समन्वयमा जिल्लाकाे खाँडाचक्र नगरपालिका वडा नं १ काे हाेटल हिलसाइडमा गाउँपालिकाकी उपाध्यक्ष धर्मकला शाहीकाे सभाअध्यक्षता नागरिक समाज पत्रकार ,एकल महिला , अपांग भएका ब्याक्ति, बालक्लव , युवा क्लब लगाएत सहभागीतामा दिई दिने तालिम सुरु भएको छ।
सशक्त महिला समृद्ध नेपाल कार्यक्रम अन्तरगत , तालिममा लैसअसास (GEDSI) काे परिभाषा ,पृष्ठभूमि ,प्रयाेग , लैङ्गिक उत्तरदायी बजेट अवधारणा ,महत्त्व र प्रक्रिया ,लैङ्गिक उत्तरदायी बजेट काेडिङ्ग अभ्यास लगाएतका कुरा तालिममा सिकाईने तालिमका सहजकर्ता महिला तथा बालअधिकार कर्मि रमा भण्डारीले बताउनु भएकाे छ । कार्यक्रम निकै महत्त्वपूर्ण भएकाले सबैले ध्यान दिएर सिक्न ध्यान दिन ओरेक नेपाल कर्णाली प्रदेश कार्यक्रम संयाेजक दिल कुमारी बुढा मगरले बताए कि छन् । अबका दिनमा गाउँपालिका सरकारकाे तर्फबाट सक्दाे सहयाेग गर्ने र यस्ता खालका कार्यक्रमहरु निरन्तर सञ्चालन गर्न गाउँपालिकाले महत्त्वपूर्ण भूमिका खेल्ने उपाध्यक्ष धर्मकाला शाहीले बताउनु भएको छ ।