कालीकाेटकाे सदरमुकाम मान्म बजारको मुख्य मुहान क्षेत्रमा पहिरोले क्षति पुर्याई खानेपानी अवरुद्ध बनेपछि मान्म खानेपानी उपभोक्त समितिले शनिबार मुहान पुगेर खानेपानी मर्मत गरेको छ।
सदरमुकाम मान्म बजारमा एक महिनादेखि खानेपानी संकट भएपिछ शुक्रबार उपभोक्तले बजारको ब्यापार सटर बन्द गरेर जिल्ला प्रशासन कार्यालयमा धर्ना दिए पछि तत्काल खानेपानी मर्मत गर्ने निर्णय भएको थियो ।
मान्म खानेपानी उपभोक्त समितिका सचिव रमेश नेपालीका अनुसार मान्म बजारमा आजबाट खानेपानी आएको बताए । उनले खानेपानी दिगोपनकाे लागि लाईन बिस्तार र च्याबर मर्मत गर्नुपर्ने जानकारी दिए ।
उनलेे भने अब आजदेखि वितरण प्रणालीमा समेत ब्यवस्थापन हुने छ, मिटर समेत जडान हुन्छ । आजदेखि बजारमा खानेपानी आउन्छ। उनले थपे । हिजो मुहानका ७ ठाउँकाे पाइपलाइन मर्मत गरेको र अहिले तत्कालकाे लाागि खानेपानी समस्या टरेकाे उनको भनाइ छ ।
मुहानदेखि मर्मत गरेपछि अब मान्म बजारका उपभोक्ताले सहजै खानेपानी पाउने छन् । पहिरोले यी मुहानबाट ल्याइएको पाइप लाइन पटकपटक अवरुद्ध गर्ने गरेको छ।
समितिले उपभोक्ताका धारामा नियमित पानी उपलब्ध गराउने प्रयास भइरहेको जनाएको छ । अहिले विभिन्न ठाउँका धारामा फरक–फरक समयमा खानेपानी वितरण गरिँदै आएको छ । एक महिना अघि खानेपानीकाे मुहान नजिक रुख ढलेर खानेपानीकाे पाइपलाइनमा बढी क्षति पुर्याएको स्थानीय रचेन्द शाहीले बताए ।
