सामाजिक संजाल:

पाटिकाे महाधिवेशन विधान अनुसार हुने प्रबक्ता शाहिकाे भनाइ

कार्तिक १५, २०८२

कालिकोट नेपाली कांग्रेस कर्णाली प्रदेशका प्रवक्ता दमन शाहीले पार्टीको महाधिवेशन प्रक्रिया विधानअनुसार नै हुने स्पष्ट बताए ।

उनका अनुसार नेपाली कांग्रेसको आफ्नै ऐतिहासिक परम्परा र संगठनात्मक अभ्यास रहेको भन्दै अहिले पनि सोही परम्परा र विधानको मर्मअनुसार महाधिवेशन सम्पन्न हुने। शाहीले भने, पार्टीको विधानले नै नियमित महाधिवेशनको व्यवस्था गरेको छ, त्यसैले महाधिवेशन समयमै र बिधान बमोजिम हुन्छ।

प्रवक्ता शाहीले बदलिँदो देशको राजनीतिक परिस्थितिमा आम निर्वाचन नै सबैभन्दा उपयुक्त निकास हुने बताए। उनले थपे, देशलाई स्थायित्व र विश्वसनीय नेतृत्व आवश्यक छ। अहिलेको परिस्थितिलाई निकास दिन आम चुनाव कांग्रेसले प्रयोग गर्नुपर्छ, त्यसको वातावरण सरकार स्वयंले निर्माण गर्नुपर्छ।

पार्टीभित्रका केही नेताविरुद्ध भित्रैबाट भइरहेका खुइल्याउने प्रयासबारे पनि शाहीले आपत्ति जनाएका छन्। उनका शब्दमा, पार्टीका नेताहरूविरुद्ध अहिले जुन ढंगले भित्रबाट खुइल्याउने कार्य भइरहेको छ, त्यो गलत छ र तत्काल रोकिनु पर्छ।

यसैबीच, नेपाली कांग्रेस कार्यबाहक सभापतिले जतिसक्दो पार्टी भित्र बृहत एकता कायम गर्न सहमति ,सहकार्यको भावना लाई आत्मसात गर्दै छलफल गरि सबै तहका नेताहरूबीच सहमति, सहकार्य र साझा जिम्मेवारीको भावना आत्मसात गर्दै छलफल र सहमतिको माध्यमबाट निर्णय हरु पुग्ने विश्वास शाहीले गरेका छन्।