सामाजिक संजाल:

पहिलो पटक दैलेखमा सुरक्षित यात्रा अभियानको शुरुआत

मंसिर ३, २०८१

३ मंसिर, सुर्खेत ।

सवारी दुर्घटनालाई न्यूनिकरण गर्दै यात्रालाई थप सुरक्षित बनाउने उद्देश्यले, दैलेख जिल्ला ट्राफिक प्रहरी कार्यालयले ऐतिहासिक सामाजिक कार्यको आयोजना गरेको हो। पहिलो पटक, चालक, सहचालक, र यात्रुहरूको आँखा जाँच र रक्तचाप ब्लड प्रेशर परीक्षण गरी उनीहरूको स्वास्थ्य अवस्थाको परिक्षणा गरिएको छ।

सवारी साधन सञ्चालनमा चालक र सहचालकको शारीरिक तथा मानसिक स्वास्थ्यको महत्त्वलाई ध्यानमा राख्दै, ट्राफिक प्रहरी प्रमुख टोप ब। महताराको नेतृत्वमा यो कार्यक्रम सञ्चालन गरियो हो। कमजोर स्वास्थ्य अवस्थामा सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम अत्यधिक बढ्ने तथ्यले यस कार्यक्रमको आवश्यकता औंल्याएको थियो।

कार्यक्रममा स्वास्थ्यकर्मीहरूको टोलीले उपस्थित चालक, सहचालक, र यात्रुहरूको आँखा जाँच तथा रक्तचाप परीक्षण गरेका थिय । यसले उनीहरूको स्वास्थ्य अवस्थाबारे तत्काल जानकारी दिनुका साथै सुधारका लागि आवश्यक सल्लाह र निर्देशन प्रदान गर्ने र चालक र सहचालकलाई विशेष प्राथमिकता दिइएको थियो भने स्वास्थ्य परीक्षणसँगै, सवारी दुर्घटनाबारे जनचेतना फैलाउनु उदेश्यले स्थानीय स्वास्थ्यकर्मी र समुदायको सक्रिय सहभागिता रहेको थियो