सामाजिक संजाल:

उड्नेबित्तिकै खसेको थियो सौर्य एयरलाइन्सको जहाज

साउन ९, २०८१

त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ९एन-एएमई को जहाज उडेको केही सेकेण्डमै खसेको पाइएको छ ।

बुधबार बिहान विमानस्थलको रनवे छोडेको केही सेकेण्डमै जहाज एकाएक खसेको विमानस्थल स्रोतले जनाएको छ ।९ एनए एमई कलसाइनको जहाज दुर्घटना भएको हो । दुर्घटनापछि ठूलो आगो लागेको छ ।

अहिले आगो निभाउने प्रयास भइरहेको छ । मानवीय क्षतिको विवरण आइसकेको छैन ।
उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना सवार थिए ।