वीरेन्द्रनगर ११ पिपिरामा रहेको ब्राइटल्याण्ड सेकेन्डरी स्कुलमा विद्यालय व्यवस्थापन समिति गठन भएको छ । शनिबार भएको अभिभावक भेलाबाट गठित समितिको अध्यक्षमा बालदिप कडेल रहनु भएको छ । यस्तै सददस्यहरूमा रामलाल आचार्य, हरिप्रसाद शार्मा, प्रेम शार्मा, तुलसा रावत चयन हुनुभएको छ ।
आजै स्कुलमा राधा थापको अध्यक्षतामा २१ सदस्यीय शिक्षक अभिभावक संघ गठन भएको छ । नयाँ गठित संघको सदस्यहरुमा अमृता सुनार, सरिता चालिसे, धना जिसी, चन्द्रा ढकाल, प्रमिला खड्का, सिद्धान्त अधिकारी, विमला वुढा, सीता चौधरी, तुलसी थापा रहनु भएको छ । यस्तै सदस्यहरुमा सीता शर्मा, सीता कुमारी बम, कमला दाहाल, धनमाया खड्का, वसन्ती चपाई, पिंकी तुरुवा, शुक्रना वि.वि., कमला बोहोरा, संगीता ढकाल, संगीता ढकाल र कमला पुन रहनुभएको छ ।
आजै स्कुलले पहिलो त्रैमासिक परीक्षाको नतिजा समेत सार्वजनिक गरेको छ । स्कुलले उत्कृष्ट अभिभावकका रुपमा प्रत्यक कक्षाका दुइ दुई जना अभिभावकलाई सम्मान गरेको छ ।