कालिकोट। विद्यार्थी राजनीतिमा सक्रिय रहँदै संगठनका विभिन्न जिम्मेवारी सम्हाल्दै आएका पसल बमले अनेरास्ववियुको केन्द्रीय कमिटी सदस्य तथा कालिकोट जिल्ला इन्चार्जको जिम्मेवारी पाएका छन्।
बमले विद्यार्थी राजनीतिबाट आफ्नो संगठनात्मक यात्रा सुरु गरेका थिए। उनले अनेरास्ववियु कालिकोट जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य, कार्यालय सदस्य हुँदै जिल्ला अध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।
संगठनका विभिन्न तहमा रहेर काम गरेको अनुभवका आधारमा उनलाई केन्द्रीय कमिटी सदस्य तथा जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको हो।
जिल्ला इन्चार्ज बमले संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउने, विद्यार्थीका शैक्षिक समस्या तथा हकहितका सवाल उठाउने र विद्यार्थी आन्दोलनलाई प्रभावकारी बनाउने विषयमा जोड दिएका छन्।
उनले संगठनलाई विद्यार्थीको हकहित, शैक्षिक सुधार र विद्यार्थीका समस्याको समाधानका लागि केन्द्रित गर्दै अघि बढाउने बताएका छन्।