सामाजिक संजाल:

नेपाली कांग्रेस कालिकोटको नयाँ जिल्ला कार्यसमिति घोषणा, सभापतिमा नगेन्द्रबहादुर विष्ट

अशोज २८, २०८३

कालिकोट। नेपाली कांग्रेस जिल्ला कार्यसमिति कालिकोटको नयाँ कार्यसमिति घोषणा गरिएको छ। गाउँपालिका अध्यक्षसमेत रहेका नवनिर्वाचित जिल्ला सभापति नगेन्द्रबहादुर विष्टको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो।
नयाँ कार्यसमितिको उपसभापतिमा केशरसिंह बम र भरतबहादुर मल्ल चयन भएका छन्। त्यसैगरी सचिवमा सविनकुमार विष्ट र तेत्रबहादुर शाही तथा कोषाध्यक्षमा गोर्खबहादुर बटाला चयन भएका छन्।
यसैगरी सहसचिवमा मनबहादुर बुढा र धीरबहादुर शाही चयन भएका छन् भने अन्य सदस्यहरू पनि चयन भएका छन्।
नवनिर्वाचित सभापति नगेन्द्रबहादुर विष्टले पार्टीलाई थप व्यवस्थित र सुदृढ बनाउँदै संगठन विस्तारमा जोड दिने बताएका छन्। उनले नेता तथा कार्यकर्ताबीच आपसी एकता, सहकार्य र समन्वय कायम गर्दै पार्टीलाई जनतासँग जोडेर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
जिल्ला सचिव सविनकुमार विष्टले नयाँ कार्यसमिति चयन भएको जानकारी दिँदै संगठनलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ कार्यसमिति अघि बढ्ने बताए।
नयाँ कार्यसमितिले जिल्लामा पार्टी संगठन विस्तार, कार्यकर्ताबीच समन्वय तथा जनताका सवालमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।