कालिकोट — नेपाली कांग्रेस कालिकोटका जिल्ला संयोजक मातृका सिंहले पार्टीको नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गरेका छन्। देउवा समूहबाट जिल्ला संयोजकको जिम्मेवारी सम्हाल्दै आएका सिंह महाधिवेशन प्रतिनिधिमा समेत सर्वसम्मत निर्वाचित भएका छन्।
कालिकोटको महावै गाउँपालिका–२ मा २०३८ सालमा जन्मिएका सिंह २०५४ सालदेखि राजनीतिमा सक्रिय छन्। उनले २०६२ सालमा नेपाल तरुण दलको जिल्ला उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आफ्नो राजनीतिक यात्रा अघि बढाएका थिए।
२०७२ सालको जिल्ला अधिवेशनबाट नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्यमा निर्वाचित भएका सिंह २०७४ सालको स्थानीय तह निर्वाचनमा वडा सदस्यमा भारी मतका साथ विजयी भएका थिए।
त्यसपछि २०७८ सालमा नेपाली कांग्रेस कालिकोटको जिल्ला सचिव बनेका सिंहले २०७९ सालको स्थानीय तह निर्वाचनमा महावै गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए।
पार्टी संगठनमा लामो समयदेखि सक्रिय रहँदै आएका सिंहले जिल्ला संयोजकको जिम्मेवारी हस्तान्तरण गरेका छन्। महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएसँगै उनको राजनीतिक यात्रा नयाँ चरणमा प्रवेश गरेको छ।