सामाजिक संजाल:

२७ वर्षीया राधिका शाही कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि

अशोज २८, २०८३

कालिकोट — नेपाली कांग्रेसकी युवा महिला नेतृ राधिका कुमारी शाही नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएकी छन्। देउवा समूह निकट शाही २८ वर्षमुनिका युवा महिला कोटाबाट कालिकोटको प्रतिनिधित्व गर्दै चयन भएकी हुन्।
२७ वर्षीया शाही २०७९ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा शुभकालिका गाउँपालिका–५ बाट वडा सदस्यमा निर्वाचित भएकी थिइन्। निर्वाचनपछि उनी गाउँ कार्यपालिका सदस्यसमेत बनेकी थिइन्।
नेपाली कांग्रेसको सक्रिय राजनीतिमा संलग्न रहँदै आएकी शाहीले स्थानीय तहबाट राजनीतिक यात्रा अघि बढाउँदै केन्द्रीय महाधिवेशन प्रतिनिधिसम्मको जिम्मेवारी प्राप्त गरेकी छन्।
युवा महिला कोटाबाट सर्वसम्मत चयन भएसँगै शाहीको प्रतिनिधित्व कांग्रेसको केन्द्रीय महाधिवेशनमा रहने भएको छ।