काठमाडौं । कलाकार तथा युवा नेतृ छाया सुनारले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि दलित महिला तर्फबाट उम्मेदवारी घोषणा गरेकी छन्।
सुनारले पार्टीमा युवा तथा दलित महिलाको प्रतिनिधित्वलाई थप सशक्त बनाउन आफ्नो उम्मेदवारी रहेको बताएकी छन्। पार्टीभित्रको समावेशी नेतृत्व र नयाँ पुस्ताको सहभागिताका लागि आफूले उम्मेदवारी दिएको उनको भनाइ छ