कालिकोट । नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीका क्रममा सभापति शेरबहादुर देउवा समूहले मातृका सिंहलाई कालिकोट जिल्ला संयोजक तोकेको छ।
महाधिवेशन तयारी तथा जिल्लामा अधिवेशनसम्बन्धी गतिविधि समन्वय गर्न सिंहलाई जिल्ला संयोजकको जिम्मेवारी दिइएको हो। सिंह यसअघि नेपाली कांग्रेस कालिकोटको जिल्ला कार्यसमिति सचिवसमेत रहिसकेका छन्।