ग्लोबल आईएमई बैंकले आफ्ना ग्राहक संख्या ५० लाख नाघेको जनाएको छ । बैंक स्थापनाको १७ वर्षमै विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थासँग मर्जर गरेको बताएको छ ।
हालै मात्र ५ खर्ब रुपैयाँभन्दा बढी निक्षेप पुगेको बैंकको भनाइ छ । देशभर बैंकका ११ सयभन्दा बढी सेवा केन्द्र, ३ सय ५४ शाखा कार्यालय, ३ सय ८४ एटीएम, २ सय ७७ शाखारहित बैंकिङ सेवा, ६८ वटा एक्सटेन्सन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय सञ्चालनमा रहेको बताइएको छ ।