सामाजिक संजाल:

तोलामा २ हजार रुपैयाँले घट्यो सुनको भाउ

साउन ४, २०८१

शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य बिहीबारको तुलनामा २ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ४७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुुनको मूल्य तोलाको १ लाख ४६ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।