सुमन खड्का
२४ असार, सुर्खेत
वीरेन्द्रनगर ६ हटियालाईनदेखी सेवा दिदै आयको नमुना हङ्कङ्ग बजार थप व्यवस्थापनका साथ सञ्चालनमा आएको छ ।
हटियालाईदेखी सेवा दिदै आयको नमुना हङ्कङ्ग बजार वीरेन्द्रनगर नगरपालिकाले नगर क्षेत्रभित्र रहेका सरकारी जग्गामा बनेका संरचना हटाई पार्किङ्ग लगायतका संरचना निर्माण गर्ने भएपछि खालि गरिएको थियो ।

वीरेन्द्रनगर१०, स्थित बौद्धिक टोल सिटि बसपार्क अगाडि स्थापना गरिएको बजार आज उद्घाटन भएको छ । उक्तm कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहन माया ढकाल र नमुना हङ्कङ्ग बजार व्यवस्थापन समितिलगायत अन्य व्यक्तिmको उपश्थिति रहेको थियो । ढकालले व्यबसायीलाई सकारात्मक परिर्वतनकोलागी सुझाव दिनुभएको हो भने व्यवस्थापन समितिले नगरपालिकासंग सहयोग माग गर्दै ज्ञ्यापन पत्र बुझायका छन् ।
२०६० सालबाट रेडिमेड फेन्सी तथा जुत्ता चप्पल सर्वसुलभ मूल्यमा विक्रिवितरण गर्दै आएको हङ्कङ्ग बजारको लागत १ करोड ५० लाख रहेको छ भने, सात कठ्ठा जग्गा भाडा लिएर ३२ वटा सटरहरु निर्माण गरिएको छ ।