सामाजिक संजाल:

राष्ट्रिय वाणिज्य बैंक र एमएडब्यू–वृद्धि मोटर्सबीच सम्झौता

अशोज १६, २०८१

राष्ट्रिय वाणिज्य बैंक र एमएडब्यू–वृद्धि मोटर्सबीच विद्युतीय गाडीमा कर्जा लगानी गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौताअनुसार वार्षिक ७.७७ प्रतिशत स्थीर ब्याजदरमा निजी सवारी (रातो प्लेट)को नामी र सेरेस विद्युतीय गाडीका लागि मासिक किस्ताबन्दीमा कर्जा भुक्तानी गर्नेगरी बैंकले अधिकतम एक करोड रुपैंयासम्म कर्जा लगानी गर्ने सम्झौता भएको हो । 

कर्जा रकमको ०.७५ प्रतिशत सेवा शूल्क लाग्नेछ । गाडीको कोटेसनमा अंकित मूल्यको विद्युतीय गाडीको बढीमा ८० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्नेछ । 

बढीमा सात वर्षसम्म कर्जा अवधि दिइने यो सम्झौता २०८१ कात्तिक मसान्तसम्म लागु हुनेछ । हाल राष्ट्रिय वाणिज्य बैंकले २९४ शाखा कार्यालय, ३१२ एटीएम र ७३ एक्स्टेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।