२०८१ जेठ ३१, बिहिबार

×
राजनीति मुख्य समाचार कर्णाली बिशेष साहित्य समाज मनोरन्जन स्वास्थ्य सूचना-प्रविधि

नेपाल निजामती कर्मचारी संगठनकाे ११ औँ अधिवेशन उद्घाटन 

  • Ramesh kumar soni |
  • २ बर्ष अगाडि


कालिकोट  नेपाल निजामती कर्मचारी संगठन कालिकोटको ११ औँ अधिवेशन उद्घाटन गरिएको छ ।
निजामती कर्मचारी संगठन कालिकोटका अध्यक्ष भक्तिप्रसाद पाण्डेको सभा अध्यक्षता, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय बरिष्ट उपाध्यक्ष लेखनाथ कोइरलाको प्रमुख आतिथ्यता, नेकपा एमाले कालिकोटका पार्टी सचिव तुलाराज मल्ल, नेपाल निजामती कर्मचारी संगठनका पुर्व अध्यक्ष पुण्डेप्रसाद ढकाल, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आर्चायको विषेश आतिथ्यतामा सदरमुकाम मान्ममा उद्घाटन गरिएको हो ।
नेकपा एमालेको निकट मानिएको संगठनको देशभरी अधिवेशन गर्ने क्र्ममा पहिलो पटक दैलेख र दोस्रो पटक कालिकोटमा उद्घाटन गरिएको हो ।
अधिवेशनमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा ११ औ महाधिवेशन आयोजक समितिका सह संयोजक लेखनाथ कोइरलालले पेशागत हक हितको वारेमा संगठनले बिभिन्न पटक मागहरुको सम्वोधन गदै आएको जानकारी दिएका थिए । 
कोइरलाले नेपालका अरु संगठनहरु भन्दा पुरानो, अनुभोवी र सवै पार्टीका हितका वारेमा आवाज उठाउने पुरानो संगठन नेपाल निजामती कर्मचारी संगठन रहेको स्मरण गराउदै अव यो संगठन अझै बलियो र सशक्त ढंगठले अगाढी बढाउने पर्ने बताएका थिए । नेकपा एमाले प्रती आस्था रहेपनी विभिन्न पार्टीका संगठनहरुका मागहरु र समस्यालाई सम्वोधन गर्ने संगठन रहेको दावि समेत गरे । यस्तै संगठनका नि वर्तमान अध्यक्ष पुण्डेप्रसाद ढकाल, कर्णाल िप्रदेश इन्चार्ज, निजामती कर्मचारी संगठनका केन्द्रिय सदस्यहरुले संगठनको जिल्ला अधिवेशनको शुभ कामना दिदै सफल्ताको शुभकामना दिएका थिए । 
शुभकामना राख्दै अधिकांश संगठनका नेता तथा अतिथिहरुले कर्मचारी माथि भएको दुव्र्यहार अमानविय भएको भन्दै आपती प्रर्कट समेत गरेका थिए । कानुनी राज्यमा पनी अझै  राष्टसेवक कर्मचारी माथी गरिएको दुव्र्यहारका विरुद्ध सवै संगठन एक भएर लाग्नु पर्ने समेत बताएका थिए । दुव्र्यहार गर्ने पार्टीका कार्यकर्तालाई कानुनी दायरमा ल्याउने समेत प्रहरी र प्रशासनलाई आग्रह गरेका थिए ।

अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने आयोजकले जनाएको छ । संगठनको अध्यक्षको लागी चार जना आकांक्षी रहेको समेत संगठनले जनाएको छ । नेतृत्व सर्वसहमतीमै चयन गरिने जनाएको छ । 
कार्यक्रमको संचालन संगठनका नेता पुर्णचन्द्र काफ्लेले गरेका थिए ।