२०८१ जेठ ३१, बिहिबार

×
राजनीति मुख्य समाचार कर्णाली बिशेष साहित्य समाज मनोरन्जन स्वास्थ्य सूचना-प्रविधि

१० बर्षे शिक्षा योजना पास गर्दै खाँडाचक्र

  • Ramesh kumar soni |
  • एक बर्ष अगाडि


कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिकाले १० वर्षे शिक्षा योजना हिउदे सभाबाट पास गर्ने भएको छ । सनिबार भएको एक कार्यक्रममा नगरपालिकाले यस्तो बताएको हो शिक्षा काम गर्दा शिक्षा योजना पहिला आवश्कता पर्ने भएकाले नगरपालिकाले शिक्षा योजना पास गर्ने खाँडाचक्र नगरपालिकाका शिक्षा शाखा प्रमुख बलिराज शाहीले बताउनु भयो । 
शाहीले यहि माघ १० गते हुने हिउदे नगर सभामा सो योजना पास गरिने बताउनु भएको हो । बिद्यालय शिक्षा क्षेत्र योजना अन्तर्गत खाँडाचक्र नगरपालिकाको १० बर्षे शिक्षा योजना २०७८÷०७९ र २०८७÷०८८ खाँडाचक्र नगरपालिकाको दिर्घकालिन रणनिती हुने छ । सनिबार युनिसेफको सहयोग,समाजक जागरण केन्द्र स्याक नेपालको सहजिकरण तथा खाँडाचक्र नगरपालिकाको समन्वयमा स्थानिए तहको एस.इ.एस.पि तथा समता रणनिती योजना विषयक दोस्रो कार्यशाला गोष्ठीमा शिक्षा योजना रणनितीका बारेमा छलफल तथा सुझाव संकलन सबैको सल्लाह र आवश्यक प्रक्रीया पुरा गरी १० बर्षे शिक्षा योजना पास गर्ने लागेको युनिसेफ नेपाल क्षेत्रीय कार्यालय नेपालगन्जका शिक्षा अधिकृत फर्शुराम पन्तले बताउनु भयो ।
उहाँका अनुसार बिद्यालय बाहिर रहेका किसोर,किसोरीका लागि शिक्षा र जिवन उपायोगि शिपमा अवसर परियोजनालाई नगरपालिकाले सकारात्म हिसाबले बुझेर परियोजना प्रति नगरपालिका उत्तरदायि भएकाले आफु र आफ्नो संस्था हर्सित भएको उहाँको भनाई थियो । कार्यक्रमको सहजि करण गर्दै शिक्षा बिकास तथा समन्वय इकाइ कालिकोटका निमित्त कार्यालय प्रमुख प्रकाशचन्द धितालले कालिकोटमा अहिले सम्ममा एउटा रास्कोट नगरपालिकाले मात्र शिक्षा योजना बनाइ काम गरेको बताउदै दास्रोमा खाँडाचक्र नगरपालिकाले गर्ने लागेकोमा बधाई तथा शुभकामाना दिनु भयो प्रमुख धितालले शिक्षा जस्तो क्षत्रमा कुनै पनि योजना बिना काम गर्न खोजे स्थानिएतहमा शिक्षा क्षेत्र गन्तव्य बिहीन हुने बताउनु भयो । सही गन्तव्यमा पुग्न पहिला योजना आश्वक पर्ने पनि उहाँको भनाइ थियो ।
कार्यक्रमका सभा अध्यक्ष तथा खाँडाचक्र नगरपालिकाका नगर प्रमुख कमल बहादुुर शाहीले आफु सिकाइको चरणमा रहेको बेला बिद्यालय बाहिर रहेका किसोर,किसोरीका लागि शिक्षा र जिवन उपायोगि शिपमा अवसर परियोजनाले आफ्नो नगरपालिका लाई शिक्षा क्षेत्रको सुधारको लागि ठुलो सहयोगको महसुर भएको बताउनु भयो । 
साथै नगर प्रमुख शाहीले पहिलो सरकारले गरेका केहि राम्रा काममा अहिले आफ्नो नेतृत्वमा रहेको सरकारले निरन्तरता दिएको बताउदै बिकास साझेदार संघ सस्था हरुलाई आफ्नो नगरपालिकामा आउने ढोका खुल्ला गरेको पनि बताउनु भयो । 
सनिबार भएको गाष्ठीमा खाँडाचक्र नगरपालिकाका नगर उपप्रमुख,सबै वडाका वडा अध्यक्ष,कार्यपालिका सदस्य,तिलाकर्णाली क्याम्पसका प्रमुख रुद्र प्रसाद साप्कोटा ,किर्डाक नेपाल कालिकोटका जिल्ला संयोजक तुलाराम पाण्डे,नेपाल पत्रकार महासंघ कालिकोटका सचिव खडानन्द अधिकारी, परियोजन संयोजक हरी प्रसाद तिवारी लेखापाल जमुना बजगाई,नगरपालिका स्थीत बिद्यालयका प्रधानाध्यपक लगाएतका सरोकार बालाको सहभागितामा भएको गोष्ठीको सहजिकरण परियोजन संयोजक हरी प्रसाद तिवारीले गर्नुभएको थियो ।।