२०८१ साउन ९, बुधबार

×
राजनीति मुख्य समाचार कर्णाली बिशेष साहित्य समाज मनोरन्जन स्वास्थ्य सूचना-प्रविधि

बलिदानकाे कदर गर्दै पलाता गाउपालिका अध्यक्षमा अनन्त बि क ( राजेश ) सिफारिस 

  • तिला खवर |
  • २ बर्ष अगाडि


 
 कालिकोट :माओवादी केन्द्रका नेता अनन्त विश्वकमा (राजेश)लाई पलाँता गाउँपालिकाको आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा गाउँपालिका अध्यक्ष पद्कालागि बहुमत सदस्यहरुले सिफारिस गरेका छन् ।

उनलाई गाउँकमिटीको सदस्यहरुको बैठकले अध्यक्ष उम्मेदवारमा सिफारिस गरेको हो । उनी नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटी सदस्य एवम् पलाँता गाउकमिटिका ईन्चार्ज समेत हुन ।

उनलाई गाउँपालिका पार्टी उपाध्यक्ष बिरि विश्वकमाको अध्यक्षतामा बसेको बैठकका सदस्यहरुले सर्वसम्मतिमा पालिका अध्यक्षमा  सिफारिस  गरेको पार्टी आन्तरीक स्रोतले जनाएको छ। उक्त पालिकाको अध्यक्षमा २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट लक्ष्मणबहादुर बम विजयी भएका थिए ।