२०८१ जेठ ३१, बिहिबार

×
राजनीति मुख्य समाचार कर्णाली बिशेष साहित्य समाज मनोरन्जन स्वास्थ्य सूचना-प्रविधि

,छायाँनाथ रारा नगरपालिका मुगुमा बालबालिका र युवाहरुको लागि ३ दिने क्षमता अभिवृद्धि तालिम उद्घाटन

  • Ramesh kumar soni |
  • एक बर्ष अगाडि


मुगु जिल्ला ,छायाँनाथ रारा नगरपालिका मुगुमा बालबालिका र युवाहरुको लागि ३ दिने क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । भाद्र १ गते आयोजना गरिएको तालिमको अध्यक्षता छायाँनाथ रारा वडा न १ का वडा अध्यक्ष पदम राज मल्लले गरेको कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत ललितजंग मल्ल, वडा न ५ का वडा अध्यक्ष राजु सुनार, बालबालिका तथा महिला विकास शाखाका प्रमुख वसन्ता खनाल, बास नेपालका मुगु जिल्लाका अध्यक्ष गोपाल शाहीको उपस्थिति रहेको थियो । उद्घाटन सत्रमा शुभकामना मन्तव्य राख्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत ललितजंग मल्लले तालिमले बालबालिकाको क्षमता अभिवृद्धि गर्ने र कार्य क्षेत्रमा खरो उत्रन सहयोग गर्ने बताए । त्यस्तै वडा न ५ का वडा अध्यक्ष राजु सुनारले वडा मार्फत बजेट बिनियोजन गरि बाल क्लबको संस्थागत विकास गर्ने बताए । शुभकामना मन्तव्य राख्दै वडा न १ का अध्यक्ष पदमराज मल्लले बालबालिकाको क्षेत्रमा वडाले यो आर्थिक वर्षमा रु. तीन लाख बजेट विनियोजन गरेको बताउँदै बालबालिकाको समग्र विकासको लागि योजना तर्जुमा प्रक्रिया देखि नै पहिलो प्राथमिकता दिने बताए । उद्घाटन सत्रमा बास नेपालका मुगु जिल्ला अध्यक्ष गोपाल शाही र बालबालिका तथा महिला विकास शाखाका प्रमुख वसन्ता खनाले समेत शुभकामना मन्तव्य राखेका थिए । ३५ जना सहभागी रहेको तालिम भाद्र ३ गते सम्म संचालन हुने छ । बास नेपालका पुर्व केन्द्रीय अध्यक्ष मन भण्डारीले स्वागत गरेको उद्घाटन सत्रको सहजीकरण बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले गरेका थिए ।