२०८१ जेठ ३१, बिहिबार

×
राजनीति मुख्य समाचार कर्णाली बिशेष साहित्य समाज मनोरन्जन स्वास्थ्य सूचना-प्रविधि

जनताकाे घरदैलोमा धिताल र उपाध्यक्ष चाैलागाई

  • Ramesh kumar soni |
  • २ बर्ष अगाडि

कालिकोट जिल्ला स्थानिय तहले सबै ठाउँमा फरक माहोल ल्याएको छ । उम्मेदवारसँगै नेता कार्यकर्ता नमस्कार र अभिवादनसहित जनताको दैलो-दैलोमा उम्मेदवार छिरेका छन्। चुनावी एजेन्डा हातमालगि नमस्कार गर्दै भोट माग्न गाउँ छिरेका हुन्। कालिकोटमा उम्मेदवार जिताउन घरदैलोमा नेताहरू पुग्ने गरेका छन्।

महिला,सीमान्तकृत,अपाङ्गका मुद्दा ओझेल परेजस्तै १० वर्षे माओवादी द्वन्द्वका पीडितका मुद्दाप्रति त झनै चासो दिएको देखिँदैन। द्वन्द्वकालमा मारिएका, बेपत्ता बनाइएका र घाइते अनि अंगभंग भएकाहरू फेरि पनि उपेक्षामा परेका छन्। शिक्षा, स्वास्थ्यजस्ता संवेदनशील विषयभन्दा भौतिक विकास नै कालिकोटका उम्मेदवारको प्राथमिकतामा छ।

राजनीति बुझेकाहरू उम्मेदवार र उनीहरूसँग हिडेकाको उनीहरूका गतिविधिले आफै लज्जित छन् भने नबुझेकाहरू फुरुङ्ग छन्। त्यसो त गत निर्वाचनमा जस्तो रौनक नभए पनि दैनिक कोही न कोही घर घरै पुगिरहेको नरहरिनाथ गाउँपालिकाका मिना बिष्टले बताईन्। विकासको बाढी ल्याइदिने प्रलोभनसहित दलबल लिएर हिँडेका उम्मेदवारका प्रतिबद्धता अपुरा तर उस्तै उस्तै छन्।

एमालेका खाँडनचक्र नगरपालिका प्रमुखमा उम्मेदवार बनेका जसिप्रसाद पाण्डेलाई किन भोट दिने भन्ने प्रश्नमा भौतिक पुर्वाधार निर्माण र अधुरा कामलाई पूरा गर्नलाई आफूलाई जिताउनु पर्ने बताउछन्। काँग्रेसबाट तिलागुफा नगरपालिकाका मेयर पदका उम्मेदवार शकंर प्रसाद उपाध्यायले सुशासन, पारदर्शिता र जनताको भावनाअनुसार क्रमागत योजना बनाउन आफूलाई जिताउनु पर्ने बताउछन्। शुभकालिका गाउँपालिका अध्यक्ष पदका उम्मेदवार भरतराज धितालले शिक्षा,स्वाथ्य, खानेपानी र सडकलाई प्रथमिक्तामा राखेर गाउँ पसेका छन्।

अघिल्लो पाच वर्ष राम्रो काम नगरेका जनप्रतिनिधिहरू फेरि पनि योजनाबिना प्रतिस्पर्धामा रहँदा आउने पाँच वर्ष उस्तै पो हुने हो कि भन्ने त्रास रहेको मतदाताको गुनासो रहेको छ। योजना, कार्यदिशा, प्रतिबद्धता भन्दा पनि जसरी पनि मैले जित्नै पर्छ भन्ने मान्यताका कारण यो पटक उम्मेदवारहरू नमस्कार र विभिन्न प्रतिवदता मात्र लिएर मतदातासमक्ष गएका हुन्।