२०८१ जेठ ३१, बिहिबार

×
राजनीति मुख्य समाचार कर्णाली बिशेष साहित्य समाज मनोरन्जन स्वास्थ्य सूचना-प्रविधि

एमाले जिल्ला इन्चार्ज शाहीलाई बधाई तथा स्वागत

  • Ramesh kumar soni |
  • २ बर्ष अगाडि

https://youtu.be/FazgJVnrVuI

नेकपा एमालेका हालै सम्पन्न दशौं महाधिवेशनवाट निर्वाचित केन्द्रीय सदस्य नगिन्द्र शाही नेशनललाई प्रेस चौतारी नेपाल कालिकोटले  आज स्वागत तथा पत्रकार भेटघाट कार्यक्रम गरेको छ ।
राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय सदस्य तथा पार्टीका जिल्ला इन्चार्ज शाहीलाई प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज कालीबहादुर मल्लले जिल्ला सदरमुकाम मान्ममा खादा र माला लगाएर स्वागत गर्नु भएको हो । स्वागत पछिको पत्रकार भेटघाट कार्यक्रममा आफ्नो धारणा राख्देै पार्टीका केन्द्रीय सदस्य शाहीले हिजो एमसिसिबारे बोल्न दिइएन भन्ने रामकुमारी झक्रिहरु आज सरकारमा हुदा चुप लागेर वसिरहेको वताउनु भयो ।
साथै उहाले अहिलेको बर्तमान गठबन्धन सरकारले प्रतिगमन निम्त्याउने धारणा रख्नु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला उपाध्यक्ष एवम प्रेस युनियनका अध्यक्ष नमराज योगिले विचार आस्था जेसुकै भए पनि जिल्लाको विकास निमार्णका सवालमा केन्द्रमा पहुच भएको नेश्नल शाही जस्ता नेताहरुलाई सवैले सहयोग गर्नु पर्ने विचार राख्नु भयो ।  कार्यक्रममा स्वागत मन्तवव्य प्रेस चौतारी जिल्ला सचिवालय सदस्य रमेश सुनारले राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन सदस्य डिल्लीप्रसाद चौलागाईले गर्नु भएको थियो ।
कार्यक्रममा प्रेस चौतारी नेपालका सदस्य बहादुरे विश्वकर्माले सांंगितिक प्रस्तुति मार्फत केन्द्रीय सदस्य शाहीलाई स्वागत गरेपछि नगद पुरस्कारको आइरो आएको थियो ।