२०८१ जेठ ३१, बिहिबार

×
राजनीति मुख्य समाचार कर्णाली बिशेष साहित्य समाज मनोरन्जन स्वास्थ्य सूचना-प्रविधि

किशोर किशोरीलाई रुपान्तरण गरेको छः  नगर उप्रमुख विष्ट

  • कमल भट्टराई |
  • २ बर्ष अगाडि


कालिकोट रुपान्तरण कार्यक्रमले किशोर तथा किशोरीको नेतृत्व विकास गरेको खाँडाचक्र नगरपालिका उप प्रमुख विजया विष्टले बताएकी छन ।
सोमवार खाँडाचक्र नगरपालिका वडा नम्बर ३ र ४ को जनजिवन मावि ताडी स्थित किशोर तथा किशोरी समुहको एक कार्यक्रममा उपप्रमुख विष्टले यस्तो बताएकी हुन ।,
युनिसेफ नेपालको सहयोग र बागेश्वरी असलशासन क्लव नेपालगंजको सहजिकरणमा संचालन भइरहेको रुपान्तरण कार्यक्रममा विष्टले यस्ता कार्यक्रम बालवालिका लाई अतिनै आवश्यक रहेको बताएकी छन ।
यस्ता कार्यक्रमले किशोर तथा किशोरीहरुको नेतृत्व विकास संगै विद्यालय वाहिर रहेका बालवालिकाहरुलाई विद्यालयमा पठाउने र बालवालिकाको बोल्न सक्ने र आफ्नो अधिकार राख्न सक्ने क्षमता बढाएको बताएकी छन ।  किशोरी तथा किशोरको क्षमता विकास भएको देख्दा वास नेपाललाई धन्यवाद दिदै फेरी पनी यो कार्यक्रम फराकिलो भएर आउने बताइन ।
कार्यक्रममा वास नेपाल जुम्लाका कार्यक्रम अधिकृत धिरेन्द्र भाम, वासका कालिकोटका सामाजिक परिचालक रमेश सुनार, युनिसेफ नेपालका प्रतिनिधि भरतप्रसाद पाण्डे पत्रकार विश्वनाथ सिम्खाडा, लगायतको सहभागितामा कार्यक्रम तथा अनुगमन गरिएको थियो ।