२०८१ जेठ ३१, बिहिबार

×
राजनीति मुख्य समाचार कर्णाली बिशेष साहित्य समाज मनोरन्जन स्वास्थ्य सूचना-प्रविधि

अध्यक्ष ओली कालिकोट आउदै

  • तिला खवर |
  • २ बर्ष अगाडि

कालिकोट –नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चैत १७ गते कालिकोट आउने भएका छन ।
एमाले कालिकोटको आयोजनामा  यही चैत १७ गते सदरमुकाम मान्ममा हुने विशाल जनसभालाई सम्वोधन गर्न पुर्व प्रधानमन्त्री समेत रहेका ओली कालिकोट आउने भएका हुन ।
मंगलबार केन्द्रिय सदस्य तथा कालिकोट इन्चार्ज नगेन्द्र शाही नेशनल, नेता तुलाराज मल्ल लगायतका नेताहरु बिचको भेटमा अध्यक्ष ओलीलाई कालिकोट ल्याउने भएको नेता तुलाराज मल्लले बताएका छन ।
पुर्व मन्त्री तथा जनता समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष प्रेमबहादुर सिंह लगायत सिंगो टिमनै एमालेमा समाहित हुने भएपछी अध्यक्ष ओली लामो समय पछी कालिकोट आउने भएका छन । 
कालिकोट विषेश गरी ठुला नेता तथा सांसदहरु लाई एमालेमा स्वागत गर्ने योजना रहेको एक नेताले बताएका छन । अहिलेनै नाम भन्न मिल्दैन ठुला नेता र सांसद सहित सयौँ नेता लाई अध्यक्ष ओलीले पार्टीमा स्वागत गर्ने छन । प्रवेशीहरु संग अहिले छलफल भइरहेको छ ।